नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसीले भारतमा जारी आईलिगमा लगातार दोस्रो हार व्यहोरेको छ।
मंगलबार कोलकाताको विवेकानन्द युवा भारती कृरंगन मैदानमा भएको खेलमा पञ्जाव चर्चिल ब्रदर्श एफसी गोवासँग १–० को गोल अन्तरले पराजित भएको हो।
खेलको ८४औँ मिनेटमा चर्चिल ब्रदर्स एफसीका खेलाडीले गोल गरे। जितसँगै चर्चिल अंकतालिकाको शीर्षस्थानमा यथावत् छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्रै गोल सम्भव भएको थियो।
पञ्जावले पहिलो खेलमा आइज्वाल फुटबल क्लवलाई १–० ले हराएको थियो। दोस्रो खेलमा गोकुलम केरला एफसीसँग ४–३ गोलअन्तरले पराजित भएको थियो।

प्रतिक्रिया