ad ad

खेल


पोखरामा सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण सुरु

पोखरामा सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण सुरु

वाशुदेव मिश्र
साउन १९, २०७६ आइतबार १०:५८,

नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन्।

उक्त प्रशिक्षणको शुभारम्भ गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीहरुलाई शुभकामनादिंदै राष्ट्रिय गौरब बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। केही परिषदका कर्मचारीहरुले राज्यको तलब सुविधा लिएर साग हुँदैन भन्ने हल्ला फैलाएको आरोप लगाउँदै उनले तोकिएकै मितिमा नेपालमा साग हुनेमा कुनै शंका नपाल्न आग्रह गरे।

उनले खेलाडी र प्रशिक्षकलाई भत्तालगाएतका सुविधाहरु थप गर्न परिषदले गृहकार्य थालेको समेत जानकारी दिए। कार्यक्रममा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रहि पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरे।

सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुषगरी ५६ जना खेलाडीहरु पहिलो चरणको छनोटमा परेका छन्। सागको महिलातथा पुरुषको ह्याण्डबल खेल पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा २०७६ मंसिर १५ देखि २४ सम्म आयोजना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .