खेल


पेलेको नजरमा मेस्सीभन्दा क्रिस्टियानो राम्रो, विश्व उत्कृष्ट चाहिँ कसलाई ठान्छन् उनी?

पेलेको नजरमा मेस्सीभन्दा क्रिस्टियानो राम्रो, विश्व उत्कृष्ट चाहिँ कसलाई ठान्छन् उनी?

नेपालखबर
पुस १८, २०७७ शनिबार ११:४५,

मेस्सीले बार्सिलोनाबाट र रोनाल्डोले युभेन्ट्सबाट सक्रिय रुपमा फुटबल खेलिरहेका छन्।

विश्वभर वर्तमान फुटबलको स्टार को हुन् भनेर बहस चलिरहन्छ। जसमा मेस्सी र रोनाल्डोको नाम पहिलो रोजाइमा रहेको हामी पाउँछौं।

दुवैको आ–आफ्नै समर्थकहरु छन्। चर्चित स्टार खेलाडीहरुले पनि बेलाबेला यी दुईमध्ये एकलाई राम्रो खेलाडीको रुपमा समर्थन गरेको हामी पाउँदछौं।

यसबीचमा फुटबल इतिहासकै महान व्यक्ति पेलेले पनि मेस्सी र रोनाल्डोमध्ये एकलाई राम्रो खेलाडीको रुपमा वर्णन गरेका छन्।

पेलेले आफूले मेस्सीलाई भन्दा रोनाल्डोलाई रुचाउने धारणा राखेका छन्। मेस्सीभन्दा रोनाल्डो बढी भरपर्दो खेलाडी भएको पेलेको भनाइ छ।

युट्युब च्यानल पिलहादो पर डेली मेलसँग उनले भनेका छन्,‘मलाई लाग्छ रोनाल्डो अहिलेका उत्कृष्ट खेलाडी हुन्। किनभने उनी बढी भरपर्दो र टिकाउ तवरले खेल्छन्।’

मेस्सी पनि उत्कृष्ट खेलाडी भएको तर उनी स्ट्राइकर भने नभएको पेलेको भनाइ छ। यसअघि पनि पेलेले आफू मेस्सीभन्दा राम्रो खेलाडी भएको बताएका थिए।

मेस्सीले एकै खुट्टाले मात्र खेल्ने र उनको हेडर राम्रो नभएको पेलेको भनाइ थियो। यद्यपी मेस्सी आफूलाई मनपर्ने मध्ये एक खेलाडी भएको उनको भनाइ छ।

पेलेलाई आफू बाहेक विश्व उत्कृष्ट खेलाडी छान्न लगाइयो भने कसलाई छान्नु हुन्छ? भनेरसमेत प्रश्न गरिएको थियो।

सो प्रश्नमा पेलेले जटिल प्रश्न भन्दै उत्तरमा भनेका थिए,‘हामी जिको, रोनाल्डिन्हो, रोनाल्डो नाजेरिया, फ्र्यांक बेकनआउर र जोहान क्रुइफलाई बिर्सन सक्दैनौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad