नेपालमा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ७११ छ।
त्यसैगरी २४ घण्टामा ७५० जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ को मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ।
3
Shares

प्रतिक्रिया