प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया र प्रचण्ड–नेपालले मात्रै प्रतिनिधि सभा पुनःस्थापनाको हल्ला चलाएको आरोप लगाएका छन्।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले कार्यकर्ता झुक्याउनलाई प्रतिनिधि सभा पुनःस्थापना हुने बताएको बताए।
हाल प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको छ। अदालतमा विचाराधीन मुद्धामाथि प्रधानमन्त्री ओलीले भने फैसलाकै ठोकुवा गरेका छन्। उनले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गरेका हुन्।
‘प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि जाने सिफारिस मैले किन गर्नुपर्यो?’, उनले भने, ‘किनभने लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व खतरामा पर्यो।’
उनले मान्छेलाई भड्काउनलाई आफूलाई स्थापित हुँ भन्ने मिडियाहरुले नै झुटा समाचारहरु फ्रन्टपेजमा छापेको उनले आरोप लगाए। उनले प्रधानमन्त्रीले सल्लाह गरेर प्रतिनिधिसभा विघटन गरेको, पुनःस्थापना भयो भने फलनालाई प्रधानमनत्री बनाउछु भन्यो भनेर समाचार छाफेको भन्दै ती सर्बै समाचार भ्म फैलाउन प्रायोजित हिसाबले लेखाइएको बताए।
‘प्रतिनिधिसभा पुनःस्थापना हुने कुरा आयो कहाँबाट? पुनःस्थापाना कल्ले हुन्छ भन्यो’, उनले भने, ‘ पुनःस्थापना हुन्छ भने उहाँहरुले दुई /चारदिन कार्यकर्ता झुक्याउनलाई भन्नुहोला, पुनःस्थापना हुँदैन।’
निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको भन्दै उनले देश चुनावतिर गइसकेको बताए।

प्रतिक्रिया