फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा अमेरिकाविरुद्ध बेल्जियमाले ३-१ को अग्रता बनाएको छ।
राउन्ड अफ १६ को खेलमा पहिलो गोल बेल्जियमले नवौँ मिनेटमै गरेको थियो।
बेल्जियमका चाल्स डे केटेलेरले अमेरिकाविरुद्ध खेलको नवौँ मिनेटमा पहिलो गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। उनैले ५७ औँ मिनेटमा दोस्रो गोल गरेर बेल्जियमलाई ३-१ को अग्रता दिलाएका हुन्।
अमेरिका विश्वकप-२०२६ को सहआयोजक राष्ट्रसमेत हो।
अमेरिकाले सियाटल स्टेडियममा जारी खेलमा बेल्जियमविरुद्ध घरेलु टोलीको तर्फबाट तिल्मानले खेलको ३१ औँ मिनेटमा गोल फकाएका थिए।
खेल १-१ को बराबरीमा आए लगत्तै बेल्जियमका एन रास्किनले ३३ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए।
३-१ ले पछि परेपछि अमेरिका अहिले दबाबमा खेलिरहेको छ। अहिले खेल ७० मिनेटमा चलिरहेको छ।
Shares

प्रतिक्रिया