फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २-१ को अग्रता बनाएको छ।
राउन्ड अफ १६ को खेलमा पहिलो गोल बेल्जियमले गरेको थियो।
बेल्जियमका चाल्स डे केटेलेरले अमेरिकाविरुद्ध खेलको नवौँ मिनेटमा पहिलो गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए।
अमेरिका विश्वकप-२०२६ को सहआयोजक राष्ट्र समेत हो।
अमेरिकाले सियाटल स्टेडियममा जारी खेलमा बेल्जियमविरुद्ध घरेलु टोलीको तर्फबाट तिल्मानले खेलको ३१ औँ मिनेटमा गोल फकाए।
खेल १ १ को बराबरीमा आए लगत्तै बेल्जियमका एन रास्किनले ३३ मिनेटमा टिमका लागि दोस्रो गोल गरेर अमेरिकालाई फेरि १ गोलले पछि पारेका छन्।
48
Shares

प्रतिक्रिया