ad ad

खेल


एन्फाले त्रिभुवन आर्मीलाई दियो एएफसी क्लब लाइन्सेन्सको प्रमाणपत्र

एन्फाले त्रिभुवन आर्मीलाई दियो एएफसी क्लब लाइन्सेन्सको प्रमाणपत्र

नेपालखबर
पुस १५, २०७७ बुधबार १०:५३,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभागीय त्रिभुवन आर्मी क्लबलाई एएफसी क्लब लाइसेन्सको प्रमाणपत्र दिएको छ।

आर्मी हेडक्वार्टरमा आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधान सेनापति पूर्णचन्द्र थापालाई क्लब लाइसेन्सको प्रमाणपत्र दिएका हुन्।

विभागीय आर्मी एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स पाउने पहिलो र एक्लो क्लब हो। एफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० को सबै मापदण्ड पूरा गरेपछि आर्मीले सो लाइसेन्स पाएको हो।

No description available.

त्यसअघि एएफसीको फस्र्ट इन्स्ट्यान्ट बडीले क्लब लाइसेन्स दिन अस्वीकार गरेपछि आर्मीले द अपिल बडीमा निर्णय पुनर्विचार गर्न निवेदन दिएको थियो। सोही निवेदन सुनुवाइ गर्दै आर्मीलाई अपिल बडीले लाइसेन्स दिने निर्णय गरेको थियो।

योसँगै आर्मी अब त्रिभुवन आर्मी फुटबल क्लबका रुपमा दर्ता भएको छ। आर्मीले अब एएफसीले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुन पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .