ad ad

समाज


गएको २४ घण्टामा ५११ जनामा संक्रमण पुष्टि, ६०० जना डिस्चार्ज

गएको २४ घण्टामा ५११ जनामा संक्रमण पुष्टि, ६०० जना डिस्चार्ज

नेपालखबर
पुस १५, २०७७ बुधबार १०:५३,

गएको २४ घण्टामा नेपालमा ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा ५११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। आज ६०० जना डिस्चार्ज भएका छन्।

आज काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना गरी जम्मा ३२१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डा. गौतमका अनुसार गत आइतबारदेखि आजसम्म दुई हजार ३५९ जनामा संक्रमण पुष्टि भएको छ भने दुई हजार ७८० जना संक्रमणमुक्त भएका छन्। यही अवधिमा कोरोना भाइरसबाट २८ जनाको निधन भएको छ।

डा. गौतमले आज देशभर ६ हजार ३०० जना सक्रीय संक्रमण रहेका जानकारी दिए।

आजसम्म १९ लाख २६ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .