खेल


प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

नेपालखबर
पुस १२, २०७७ आइतबार ७:१०,

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। हुस्सुका कारण खेल निर्धारित समयमा सुरु हुन नसक्दा १३ ओभरमा छोट्याइएको थियो।

दाङको देउखुरीस्थित लमही क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ। जितका लागि ३५ रनको झिनो लक्ष्य लुम्बिनीले ३ दशमलव १ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।

लुम्बिनीकी नेरी थापाले ९, गीता गोसाईले ४ र सरस्वती घर्तीमगरले ३ रन जोडे।

कर्णालीकी अन्जु गुरुङले एक विकेट झारिन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रनको योगफल तयार पारेको थियो। दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिएको खेलमा अंशु शाक्य ७ रनमा अविजित रहिन्।

ओपनर मोनिका राना र तिर्सना विश्वकर्माले समान २ रन जोडे। कप्तान लक्ष्मी रिमाल २ तथा अन्जु गुरुङ १ रन जोडे।

कर्णालीलाई कम स्कोरमा समेट्न लुम्बिनीकी सुस्मिता भुषालले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चिन्। कप्तान नेरी थापाले २ तथा सरिता जिसी र गिता गोसाईले समान १ विकेट झारे।

लगातार दोस्रो हार व्यहोरेको कर्णालीको समूहबाट बाहिरिन औपचारिकता मात्र बाँकी छ। पहिलो खेलमा कर्णाली एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको थियो। लुम्बिनीले भने पहिलो खेलमा प्रदेश २ लाई ९ विकेटले पाखा लगाएको थियो।

आजै हुने दोस्रो खेलमा विभागीय एपिएफ र प्रदेश २ भिड्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad