काठमाडौं महानगरपालिका ४ सुकेधारा नजिक गोपीकृष्ण पुलबाट मोटरसाइकल धोबीखोलामा खस्दा एक जनाको ज्यान गएको छ।
बा २६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति धोबीखोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका ५ का मोटरसाइकल चालक २७ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल–भारत अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै बुढानिलकण्ठ नगरपालिका ४ स्थित पासिकोट ओरालोमा ना ५ त ६२०८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।
नुवाकोट सूर्यगडी नगरपालिका २ कि ४६ वर्षीया बाटुलीदेवी थापा मगरको शनिबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममामृत्यु भएको हो।
मगरलाई ठक्कर दिने ट्याक्टर चालक रामेछाप मन्थली ७ का २५ वर्षीय लबु खड्का पनि घाइते भएको र उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया