इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभरटनले चेल्सीलाई १–० गोलअन्तरले पराजित गरेको छ।
दुई हजार दर्शकलाई प्रवेश दिइएको खेलमा एभरटनका लागि गाइल्फी सिगुर्डसनले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए।
२२औं मिनेटमा इडअर्ड मेन्डीले डोमिनिक काल्भर्ट लुविनलाई लडाएपछि पाएको पेनाल्टीमा सिगुर्डसनले गोल गरेका हुन।
जितसँगै एभरर्टन १२ खेलमा २० अंकसहित सातौं स्थानमा उक्लिएको छ। यस्तै चेल्सी त्यति नै खेलमा २२ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ।

प्रतिक्रिया