म्यानचेस्टर डर्बीमा म्यानचेस्टर यूनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन।
शनिबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा दुबै टोलीका खेलाडीले गरेको प्रयास सफल हुन सकेनन।
सिटीका गाब्रिअल जिससले गरेको प्रहार पोस्टबाट बाहिरिएको थियो भने रियाद मेहरजको प्रहारलाई यूनाइटेडका गोलरक्षक डेभिड डि गियाले बचाएका थिए।
यस्तै यूनाइटेका स्कट म्याकटोनीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।
बराबरीसँगै यूनाइटेड ११ खेलमा २० अंकसहित आठौं स्थानमा झरेको छ। यस्तै सिटीपनि त्यति नै खेलबाट १९ अंकसहित नवौं स्थानमा झरेको छ।
3
Shares

प्रतिक्रिया