विश्वकप फुटबलको अहिले जारी समूह डीको खेलको पहिलो हाफमा टर्कीले अमेरिकाविरुद्ध २-१ को अग्रता बनाएको छ।
पहिलो हाफको खेल सकिँदा टर्कीले २ र अमेरिकाले १ गोल गरेका हुन्।
सोही समूहको अर्को खेलको पहिलो हाफ सकिँदा पाराग्वे र अस्ट्रेलियाले गोलरहित बराबरी खेलेका छन्।
यसअघि नै पाराग्वे र अस्ट्रेलियालाई पराजित गर्दै जारी विश्वकपको सह-आयोजक समेत रहेको अमेरिका नकआउट चरणमा प्रवेश गरिसकेको छ।
टर्की फिफा विश्वकपको नकआउट चरणबाट बाहिरिसकेको टोली हो।
समूह 'डी'को दोस्रो खेलमा पाराग्वेसँग १–० हारेसँगै टर्की विश्वकपबाटै बाहिरिएको हो। उसले यो अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै खेलेको हो।
सोही समूहको अर्को खेलको पहिलो हाफ सकिँदा पाराग्वे र अस्ट्रेलियाले गोलरहित बराबरी खेलेका छन्।
39
Shares

प्रतिक्रिया