कला


‘द डर्टी पिक्चर’ की नायिका आर्या बनर्जी मृत भेटिइन्, घरमा रक्सीका बोतलै बाेतल !

‘द डर्टी पिक्चर’ की नायिका आर्या बनर्जी मृत भेटिइन्, घरमा रक्सीका बोतलै बाेतल !

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १:४६,

विद्या बालन अभिनित ‘द डर्टी पिक्चर’ जस्ता फिल्ममा देखिएकी अभिनेत्री आर्या बनर्जीको निधन भएको छ।

शुक्रबार साउथ कोलकातास्थित घरमा उनको शव फेला परेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार फरेन्सिक विज्ञले नायिका आर्याको नाकबाट रगत निस्केको तथा वान्ता गरेको प्रमाण फेला पारेका छन्।

प्रहरी मृत्युको कारणबारे छानबिन गरिहेको छ। पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीले जनाएको छ। आर्य बनर्जी मसहुर सितारवाद निखिल बनर्जीकी छोरी हुन्।

भारतीय प्रहरीका अनुसार बनर्जी आफ्नो घरमा एक्लै कुकुरको साथमा बस्ने गरेकी थिइन्। उनको घरमाट कैयौं रक्सीका बोतल पनि फेला परेका छन्। केही दिनदेखि उनले अनलाइन डेलिभरीमार्फत खाना मगाउनने गरेको प्रहरीले जनाएको छ।

बनर्जीले ‘लभ, सेक्स र धोका’ चलचित्रबाट अभिनय सुरु गरेकी थिइन्। त्यसपछि उनी ‘द डर्टी पिक्चर’मा देखिएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad