कोरोनाको कारण देखाउँदै बालुन डि’ओर अवार्डको आयोजना स्थगित भएको छ। यद्यपी फिफा वर्ष खेलाडीको अवार्ड प्रदान कार्यक्रम भने अगाडि बढेको हो।
फिफा वर्ष खेलाडीको घोषणा डिसेम्बर १७ मा गरिने बताइएको छ। गत सिजन सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल बायर्नका लिवानडोस्की भने बालुन डि’ओर अवार्ड स्थगित भएकोमा दुखी छन्।
गत सिजन लिवानडोस्कीले बायर्नबाट ५५ गोल गर्दै च्याम्पियन्स लिग र बुन्डेस लिगासहित तीन उपाधि हात पारे।
रोनाल्डोले गत सिजन युभेन्टसबाट ३१ गोल गरेका थिए भने उनी सिरि ए जित्न पनि सफल भएका थिए।
मेस्सीले भने गत सिजन २५ गोल गर्न बाहेक केही उपाधि हात पार्न सकेनन्।

प्रतिक्रिया