ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका हुन्।
दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने विश्वास व्यक्त गरिएको बीबीसीले जनाएको छ।
रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू सहभागी हुने भनिए पनि कति जना सहभागी हुने भन्ने स्पष्ट छैन।
अक्सफोर्डले हालै प्रकाशित गरेको परीक्षणको नतिजामा उसले एस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको कोभिड–१९ को खोप मानिसमा सुरक्षित र प्रभावकारी रहेको देखिएको छ।
रुस तथा अक्सफोर्ड र एस्ट्राजेनिकाको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।
ब्रिटिश खोप र रुसी खोपले उस्तै तरिकाले काम गर्छ जुन अहिले यूके, अमेरिका, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति प्राप्त गरेको फाइजरको खोपले काम गर्ने तरिकाभन्दा फरक हो।
रुस आपतकालीन प्रयोगका लागि कोभिड खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो।
पश्चिमा मुलुकले रुसको खोपलाई बेवास्ता गरिरहेको समयमा अक्सफोर्ड र एस्ट्राजेनिकाले रुसी खोपसँग आफ्नो खोप मिश्रण गरेर परीक्षण गर्ने बताएपछि यस खोपलाई पनि अगाडि बढ्ने बाटो खुलेको छ।
Shares

प्रतिक्रिया