खेल


बिग बास खेल्न सन्दीप अष्ट्रेलिया जाने तयारीमा

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया जाने तयारीमा

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १३:३२,

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन्। तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मंगलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नेछन्।

अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन्।

यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए। दशौँ संस्करणको बिग बास लिग आजदेखि शुरु भएको छ। आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए। यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका थिए।

ट्रिनिडाड एण्ड टोबागोमा भएको सीपीएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए। सीपीएलपछि उनी युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिय (आईपीएल) मा सहभागी भए। दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आईपीएलमा कुनै पनि खेल खेल्न अवसर पाएनन्।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट संक्रमित भए। हाल उनी कोरोनाबाट मुक्त अवस्थामा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad