ad ad

खेल


विराट कोहली बने टी–२० करिअरमा ९ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी

विराट कोहली बने टी–२० करिअरमा ९ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी

नेपालखबर
असोज २०, २०७७ मंगलबार ८:१६,

भारतीय टोली तथा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली टी ट्वान्टी करिअरमा ९ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन्।

इण्डियन प्रिमियर लिग (आईपीएल) को १९औं खेलअन्तर्गत सोमबार राति दिल्ली क्यापिटल्सविरुद्ध उनले ९ हजार रनको आँकडा पार गरेका हुन्।

९ हजार रन पूरा गर्न १० रन आवश्यक रहेको समयमा उनले खेलको पाँचौँ ओभरको पहिलो बलमा चौका हान्दै सो आँकडा पूरा गरे। उनले २ सय ८६ खेलमा यो आँकडा छोएका हुन्।

यो लक्ष्य पार गर्ने क्रममा उनले उनले ५ शतक र ६५ अर्धशतक प्रहार गरेका छन्। कोहलीलाई भारतका अर्को खेलाडी रोहित शर्माले पछ्याइरहेका छन्। रोहितले ३ सय २० पारीमा ८ हजार ८ सय १८ रन बनाइसकेका छन्।

आईपीएलमा कोहलीले ५५२४ रन बनाउँदा सुरेश रैना र रोहित शर्माले पछ्याइरहेका छन्।

कोहली अन्तर्राष्ट्रिय टी ट्वान्टीमा धेरै रन बनाउने भारतिय समेत हुन्। उनले २७५ खेलमा ५०.८० को एवरेजमा २७९४ रन बनाइसकेका छन्। हालसम्म उनको सर्वाधिक स्कोर ९४ छ। टि ट्वान्टी अन्तर्राष्ट्रियमा कोहलीले २७९४ रन बनाएका छन् भने उनलाई रोहित शर्माले पछ्याइरहेका छन्। शर्माको नाममा २७७३ रन छ।

कोहलीभन्दा अघि क्रिस गेल (१३,२९६) किरोन पोलार्ड (१०,३७०), शोयब मलिक(९९२६), ब्रेंडन मैकुलम(९९२२), डेविड वार्नर(९४५१) र आरोन फिन्चले(९१४६) टि ट्वान्टी क्रिकेटमा ९ हजार रन बनाइसकेका छन्।

टी ट्वान्टी क्रिकेटमा धेरै रन बनाउने विश्व किर्तिमान विष्फोटक ब्याट्सम्यान क्रिस गेलको नाममा छ। जारी आइपीएलमा किंग्स एलाभेन पञ्जावमा रहेका उनले अहिलेसम्म टोलीबाट खेल्न पाएका छैनन्। क्रिस गेलले २००५ बाट अहिलेसम्म ४०४ म्याचमा १४६. ९४ स्ट्राइक रेटमा १३ हजार २ सय ९६ रन बनाएका छन्। उनको नाममा २२ शतक, ८२ अर्धशतक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .