खेल


टोटनहमसँग चेल्सी ५-४ गोल अन्तरले पराजित

टोटनहमसँग चेल्सी ५-४ गोल अन्तरले पराजित

नेपालखबर
असोज १४, २०७७ बुधबार ३:३७,

इंग्लिस फुटबल लिग (ईएफएल) कप अर्थात् कारवाओ कपको चौथो चरणको खेलमा टोटनहम हस्टपरले लन्डन क्लब चेल्सीलाई हराएकाे छ।

गएराति भएको खेलमा टोटनहमले चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएकाे हो।

निर्धारित समयमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। अन्तिम पेनाल्टीमा चेल्सीका मासन माउन्ट चुकन पुगे। यता टोटनहमका ह्यारी केनले निर्णायक गोल गरे।

पेनाल्टीमा टोटनहमका इरिक डाएर, इरिक लमेला, पिएर इमिल होजवर्ग, लुकाु मोउरा र ह्यारी केनले गोल गरे। चेल्सीका ट्याम्मी अब्राहम, सेसर एज्पिलिक्वेटा, जर्गिन्हो र इमर्सनले गोल गर्दा मासन माउन्टको प्रहार विफल भयो।

त्यसअघि टोटनहम हस्टपर स्टेडियममा भएको खेलमा १९औं मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियो। ८३औं मिनेटमा इरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad