पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड एन्जल डी मारियालाई ४ खेलको प्रतिबन्ध लगाईएको छ।
३२ वर्षिय मारियाले मार्सेविरुद्धको खेलमा मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाइ थुकेको आरोप लागेको थियो। उनको प्रतिबन्ध २९ सेप्टेम्बरबाट सुरु हुनेछ।
गत सेप्टेम्बर १३ मा भएको लिग वान अन्तर्गतको सो खेलमा नेयमारसहित अन्य ५ खेलाडीले रातो कार्ड पाएका थिए।
सिजनको सुरुवातमा कोरोना भाइरसको परिक्षण गर्दा सक्रमण पुष्टि भएको खेलाडी मध्ये मारिया पनि एक हुन्।
सो खेलमा भिडियो असिस्टेन्ट रेफ्रीको मद्धत लिएपनि उनलाइ कारवाही गसिरएको थिएन। उनले पुरै समय मैदानमा बिताएको सो खेल पीएसजीले १–० ले आफ्नो पक्षमा पारेको थियो।
पीएसजीका नेयमार सहित लियान्ड्रो परदेस, लेभिन कुर्जावा तथा मार्सेका जोर्डन अमावी र डारियो बेनेडेटो सबै खेलाडीले रातो कार्ड पाएका थिए।
यस्लै नेयमारले गोन्जालेजमाथि जातिय टिप्पणी गरेको आरोप लगाएका थिए। गोन्जालेजले भने यसलाइ अस्वीकार गर्दै आएका छन्। नेयमार र गोन्जालेनसँगको फाइल ३० सेप्टेम्बरमा जाँच हुनेछ।
Shares
प्रतिक्रिया