इङ्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटीले उल्भ्समाथि ३–१ को सहज जित निकालेको छ।
सिटीको जितमा केभिन डी ब्रुइन, फिल फोडिन र ग्याब्रियल जिससले एक एक गोल गरे भने उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काएका थिए।
२० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्रइनले सिटीलाई अघि बढाए। फोडिनले ३२ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारेका थिए।
उल्भ्सका जिमेनेजले ७८औं मिनेटमा एक गोल फर्काए। खेलको इन्जुरी समयमा जिससले सिटीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
सिटीले लिगकाे पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ।

प्रतिक्रिया