खेल


आइपीएलमा विराटको बैंग्लोरको विजयी सुरुवात

आइपीएलमा विराटको बैंग्लोरको विजयी सुरुवात

नेपालखबर
असोज ६, २०७७ मंगलबार २:४०,

सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै आइपीएलमा विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लौले विजयी सुरुवात गरेको छ।

बैंग्लौरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद २ बल बाँकी रहदै १५३ रनमा अलआउट भएको थियो।

हैदराबादका लागि जोनी बेयरस्टोले ६१ र मनिस पाण्डेले ३४ रन जोडे। बैंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लौरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।

बेंग्लौरका लागि लागि देवदत्त पडीक्कलले ५६ र एबी डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। विराट कोहली १४ रनमै आउट भएका थिए।

हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १-१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad