ad ad

खेल


नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जीतबहादुरलाई कोरोना संक्रमण

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जीतबहादुरलाई कोरोना संक्रमण

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ८:४७,

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना भाइरस संक्रमण भएको छ।

दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा पीसीआर परीक्षण गर्न भनेपछि संक्रमण भएको थाहा भएको केसीका छोरा योगेन्द्रले जानकारी दिए।

‘बुबालाई सोमबार अलि सन्चो भएन। सुरुमा बान्ता गर्नुभयो। त्यसपछि दिसामा रगत देखिएपछि वयोधा अस्पताल लग्यौँ’, छोरा योगेन्द्रले भने, ‘पीसीआर परीक्षणपछि मात्र भर्ना गर्न मिल्छ भनेपछि हामीले स्टार अस्पतालमा लगेर परीक्षण गरायौँ। साँझ रिपोर्ट लिन बोलाएको थियो तर पछि फोन आउँछ भनेपछि हामीलाई शंका भयो।’

सोमबार टेकु अस्पतालबाट फोन आएपछि पोजेटिभ रिपोर्ट आएको थाहा पाएको योगेन्द्रले बताए। अहिले उनी आफ्नै घरमा आइसोलेसनमा बसेका छन्।

छोरा योगेन्द्रले भने, ‘अब केही दिनमा वडाका मान्छेहरु आउनुहुन्छ होला भन्नुभएको छ। अहिले बुबा घरमै आइसोसेलनमा हुनुहन्छ। लक्षण केही देखिएको छैन। दिसामा रगत देखिएकोले त्यसको औषधि भने चलाइरहेका छौँ।’

७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पद जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .