खेल


सीपीएल : सन्दीपको टोलीको पहिलो हार

सीपीएल : सन्दीपको टोलीको पहिलो हार

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ३:४३,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पहिलो हार भोगेको छ।

शुक्रबार बिहान भएको खेलमा सन्दीपको टोली ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो। हारसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ।

एक खेलमा जित र एक खेलमा हार भोगेको जमैकाको २ अंक छ। लगातार दोस्रो जित निकालेको ट्रिनबागो शीर्ष स्थानमा छ।

जमैकाले दिएको १ सय ३६ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। ट्रिनबागोको जितमा सुनिल नारिनले अर्धशतकीय पारी खेले। दोस्रो विकेटका लागि नारिन र कोलिन मुन्रोले ७५ रनको उत्कृष्ट साझेदारी गरेपछि ट्रिनबागोको जितउन्मुख बनेको थियो। 

नारिनले ५३ रनमा पवेलियन फर्किंदा मुन्रो ४९ रनमा नटआउट रहे। ११औं ओभरको पाँचौ बलमा सन्दीपले नारायणको महत्वपूर्ण विकेट लिँदै जमैकालाई खेलमा फर्काएका थिए।

नारायण कार्लाेस ब्रेथवेटको हातबाट आउट भएका थिए। सन्दीपले आफ्नो स्पेलमा ३० रन खर्चेर १ विकेट लिए। मुजिब, एडवार्डले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङको गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रनको योगफल तयार पारेको थियो। ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ५८ रनको योगदान दिनबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ट्रिनबागोका लागि सेल्स र अलि खानले समान २ विकेट लिए। नारायण, अहमद र ब्राभोले १-१ विकेट आफ्नो नाममा लेखाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad