रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक विपक्षी नेता अलेक्सी नभाल्नी बचाउन आवश्यक सबै सहयोग गर्न जर्मनी तयार भएको छ।
नभाल्नीका समर्थकका अनुसार अहिले उनी रुसकै एउटा अस्पतालमा कोमामा छन्।
भ्रष्टाचारविरोधी अभियानकर्ता नभाल्नी आन्तरिक उडानका क्रममा जहाजभित्रै बेहोस भएका थिए। त्यसपछि जहाज आपतकालीन अवतरण गरी ओम्स्क सहरको एउटा अस्पतालमा भर्ना गरिएको हो।
उनको जीवन रक्षाका निम्ति सक्दो प्रयास गरिरहेको त्यहाँका चिकित्सकले बताएका छन्।
विमानस्थलको क्याफेमा नभाल्नीलाई चियामा विष हालेर दिइएको आशंका उनका समर्थकले गरेका छन्।
उनलाई बचाउन आवश्यक हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको जर्मन चान्सलर एङ्गेला मेर्कलले बताएकी हुन्। त्यसका लागि नभाल्नी लिन रुस जान एउटा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जर्मनीको पिस फाउन्डेसनले जनाएको छ। बीबीसी

प्रतिक्रिया