खेल


च्याम्पियन्स लिगः आज सेमिफाइनल प्रवेशका लागि पीएसजी र एटलान्टा भिड्दै

च्याम्पियन्स लिगः आज सेमिफाइनल प्रवेशका लागि पीएसजी र एटलान्टा भिड्दै

नेपालखबर
साउन २८, २०७७ बुधबार १२:४५,

कोरोनाका कारण खेल प्रभावित भएपछि हाल प्रतियोगिताको नियम यसपटकलाई परिवर्तन गरिएको छ।

यसपटक पहिलो र दोस्रो लेग भनेर दुई खेल हुने छैनन्। क्वार्टरफाइनलबाट एक खेल नै सेमिफाइनल तथा फाइनल प्रवेशका लागि निर्णायक बन्नेछन्।

पहिलो क्वार्टरफाइनलमा आज बुधबार राति इटालियन क्लब एटलान्टा र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ।

एटलान्टा पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेलिरहेको छ भने पीएसजी यसअघि सेमिफाइनलसम्म पुगेर पनि उपाधि नजिक पुग्न बन्चित बनेको थियो।

पीएसजी पछिल्ला २ सिजन अन्तिम १६ बाटै बाहिरिएको टोली हो। आजको यस खेल राति पौने १ बजे पोर्चुगलस्थित लिस्बोनको रंगशालामा हुनेछ।

च्याम्पियन्स लिगमा पहिलो पटक छनोट भएको एटलान्टा क्वाटरफाइनलमा पुग्दै आफूलाई बलियो टोलिका रुपमा प्रस्तुत गरिसकेको छ।

पीएसजीका लागि इटालियन क्लब भारी पर्दै आएका छन्। यसअघि इटालियन क्लबविरुद्धका ६ खेलमध्य पीएसजीले कुनैमा पनि जित हात पार्न सकेको छैन।

पीएसजी यस सिजनको घरेलु लिग बिजेता हो भने एटलान्टाले सिरि ए मा तेस्रो हुँदै आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाइसकेको छ।

अन्तिम १६ मा पहिलो लेग बोरुसिया डोर्टमुन्डसँग २–१ ले हारेको पिएसजी दोस्रो लेगमा २–० को जित दर्ता गर्दै क्वार्टरफाइनलमा आइपुगेको हो।

एटलान्टाले भने भ्यालेन्सियामाथि ८–४ को गोलअन्तरमा जित निकाल्दै क्वार्टरफाइनलमा पीएसजीसँगको भेट पक्का गरेको हो।

च्याम्यिन्स लिग जित्नकै लागि भनेर पीएसजीले सन् २०१७ मा नेइमारलाई महंगोमा भित्र्याएको थियो। दुई सिजन घाइते भएका कारण लयमा नरहेको नेमार यसपटक भने निकै लयमा देखिएका छन्।

पीएसजीका अर्का प्रमुख स्टाइकर केलियन एम्बाप्पे पनि यही खेलबाट मैदान उत्रने संभावना छ।
२१ वर्षीय फ्रेन्च फरवार्ड एमबाप्पेको एङकलमा केही समय अगाडि खेलकै क्रममा समस्या आएको थियो।

उनी जुलाइ २४ देखि टिम बाहिर थिए। फ्रेन्च कपको फाइलनमा घाइते भएका उनी एटलान्टाविरुद्ध हुने खेलको अभ्यासमा उपस्थित भएका थिए।

आजको खेल जित्ने टोलीले एथ्लेटिको मड्रिड र आरबी लिपजिगमध्ये एकसँग सेमिफाइनलमा भिड्ने छन्।

भोलि बिहीबार एथलेटिको मड्रिड र आरबी लिपजिगबीचको खेल हुँदैछ। यस्तै शुक्रबार राति बार्सिलोना र बार्यन म्युनिख र शनिबार अन्तिम क्वार्टरफाइनलमा म्याचेस्टर सिटी र लियोनबीच प्रतिस्पर्धा हुनेछ।

आगामी साताको मंगलबार र बुधबार सेमिफाइल तथा २३ अगष्टमा फाइनल खेल हुनेछ। गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल प्रतियोगिताबाट बाहिरिसकेको छ।

लिभरपुललाई एथ्लेटिको मड्रिडले समग्रमा ४–२ ले पाखा लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad