राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न बिहीबार वेष्ट इण्डिज प्रस्थान गरेका छन्।
उनी आज बिहान कोरियन एयरलाइन्सको चार्टर विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी अमेरिका हुँदै भोलि प्रतियोगिता आयोजना स्थल पुग्नेछन्। त्यहाँ पुगेपछि सन्दीप १४ दिन क्वारेन्टिन बस्नेछन्। सिपिएल खेल्न जानु अघि सन्दीपले कोरोनाको परिक्षण पनि गराएका थिए।
गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई एक करोड भन्दा बढी रकममा जमैका तलावाजले अनुबन्ध गरेको थियो।
सिपिएल अगष्ट १८ बाट सुरु भएपनि सन्दीपको टोलीको खेल १९ तारिखबाट छ।
सिपिएलमा लिग चरणमा हरेक दिन दुई खेल हुनेछ।
जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्ने छ।
3
Shares
प्रतिक्रिया