सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार ५ सय रुपैयाँ बढेको हो।
बुधबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ९९ हजार रुपैयाँ पुगेको हो।
चाँदीको मूल्य भने आज घटबढ भएको छैन। बुधबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोही दरमा बिहीबार पनि कारोबार सुरु भएको छ।
प्रतिक्रिया