ला लिगामा च्याम्पियन बनेपछि डियाज केही समययता बिदामा थिए। अभ्यासमा फर्कन लागेका उनमा कोरोना पुष्टि भएको मार्काले जनाएको छ।
मारियानो क्लबका कोही सदस्यसँग पछिल्लो समय शारीरिक रुपमा सम्पर्कमा नभएको बताइएको छ।
हाल उनी घरमै क्वारेन्टिनको नियम पालना गरिरहेका छन्। क्लबले पनि मारियानोमा कोरोना पुष्टि भएको बताएको छ।
यद्यपी उनको अवस्था सामान्य छ। उनी आज मंगलबारदेखि अभ्यासमा फर्कने तयारीमा थिए। सोमाबर मात्र उनको कोरोना परीक्षण गरिएको थियो।
आगामी अगष्ट ७ मा मारियानोले च्याम्पियन्स लिगमा म्यानचेस्टरसिटी विरुद्ध खेल्ने तयारी गर्दै थिए। अब भने उनलाई टोलीमा राखिएको छैन।
प्रतिक्रिया