खेल


जोर्डनले गर्‍यो आत्मघाती गोल, फेरि अस्ट्रिया अगाडि

जोर्डनले गर्‍यो आत्मघाती गोल, फेरि अस्ट्रिया अगाडि

नेपालखबर
असार ३, २०८३ बुधबार ११:३७, काठमाडौँ

 विश्वकपको जारी खेलमा अस्ट्रियाले जोर्डनविरुद्ध खेलमा दोस्रोपटक अग्रता लिएको छ।

खेलको ६७औँ मिनेटमा जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेपछि अस्ट्रिया २–१ ले अगाडि भएको हो।  

यसअघि अस्ट्रियाले खेलको पहिलो हाफ सकिँदा पनि १–० को अग्रता बनाएको थियो।

तर खेलको ५०औँ मिनेटमा जोर्डनका अली ओलवानले गोल फर्काएपछि बराबरी भएको थियो।

यसपछि ६७औँ मिनेटमा जोर्डनले आत्मघाती गोल गरेपछि फेरि अस्ट्रिया २–१ ले अगाडि भएको हो।

समूह जेमा रहेको जोर्डनले पहिलोपल्ट विश्वकप खेलिरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad