ad ad

राजनीति


सहमति जुटाउन तीन नेता सक्रिय, ओली, प्रचण्ड र नेपालसँग छुट्टाछुट्टै छलफल

सहमति जुटाउन तीन नेता सक्रिय, ओली, प्रचण्ड र नेपालसँग छुट्टाछुट्टै छलफल

नेपालखबर
साउन १३, २०७७ मंगलबार १२:१२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद बढ्दै पार्टी विभाजनकै तहमा पुगेपछि दोस्रो तहका नेताहरु पुनः सक्रिय हुन थालेका छन्।

पछिल्लो समय पार्टीभित्र सहमतिको प्रयासभन्दा पनि समूहगत भेला र छलफल बढेको र त्यसले पार्टीविवादलाई निकास दिनेभन्दा फुटतिर लगेको भन्दै त्यसलाई रोक्न तीन स्थायी समिति सदस्य छलफलमा जुटेका हुन्।

त्यसरी सक्रिय हुनेमा स्थायी समिति सदस्यहरु घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराई रहेका छन्। घनश्याम र योगेश प्रचण्ड–नेपाल समूहमा छन् भने शंकर प्रधानमन्त्री ओली समूहमा।

‘प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच संवाद टुटेको अवस्था छ, अरु नेताहरुसँग पनि त्यस्तै छ’, नेपालखबरसँग कुरा गर्दै छलफलमा सहभागी एक मन्त्रीले भने, ‘हामीले त्यही टुटेको संवादको कडीलाई जोड्ने प्रयत्न गर्न खोजेका हौँ।’

मंगलबार बिहान कृषि मन्त्रालय भएको तीन नेताहरुको छलफल कसरी पार्टी एकता जोगाउने भन्ने विषयमा केन्द्रित रहेको थियो। पार्टीभित्र देखिएको विवादलाई सहमतिका माध्यमबाट हल गर्दै एकतालाई मजवुद बनाउने विषयमा छलफल भएको एक मन्त्रीले बताए।

तीन नेताहरुबीच आ–आफ्नो समूहका शीर्ष नेताहरुलाई सहमतिमा ल्याउने प्रयास गर्ने विषयमा छलफल भएको हो। जसअनुसार पोखरेलले प्रधानमन्त्री ओलीसँग र घनश्याम र योगेशले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएका हुन्।

ती मन्त्रीले आफूहरुले तत्काल सहमतिको प्रयासका लागि छलफल थाल्ने र शीर्ष नेताहरुलाई सहमतिमा आउन दबाब दिने बताए।

यसअघि पनि विवाद समधानका लागि भन्दै स्थायी समितिका ११ जना नेताहरु सक्रिय भएका थिए। आजको यो समूहमा पूर्वमाओवादी पक्षका भने कोही सहभागी छैनन्।

 याे पनि: 
प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकमा चार पूर्वमाओवादी नेता अनुपस्थित
वामदेवको नयाँ प्रस्ताव : महाधिवेशनसम्म ओली नै अध्यक्ष, पाँचै वर्ष प्रधानमन्त्री
ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भन्दै नेकपा नेताहरु पुगे बालुवाटार 
प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .