फिफा विश्वकप-२०२६ अन्तर्गत अहिले जारी खेलमा जोर्डनले पनि अस्ट्रियाविरुद्ध १ गोल गरेको छ।
जोर्डनको गोलसँगै खेल १-१ गोलको बराबरीमा आएको छ।
अली ओलवानले जोर्डनका लागि खेलको ५० औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।
अस्ट्रियाका रोमानो स्मिडले २१ औँ मिनेटमा गोल गरेका थिए।
उनले लामो दूरीबाट गरेको प्रहार आकार्षक गोलमा परिणत भएको थियो।
यी दुई टोली समूह जेमा छन्।
जोर्डनले आज विश्वकप फुटबलमा डेब्यु गरेको हो।
138
Shares

प्रतिक्रिया