इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै चेल्सीले आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित पारेको छ।
लिगको अन्तिम खेलमा आइतबार राति वुल्भ्सविरुद्ध २-० को जित निकाल्दै चेल्सीले लिगको चौथो स्थानमा रहँदै प्रिमियर लिगमा स्थान सुरक्षित गरेको हो।
च्याम्पियन्स लिगमा सुरक्षित हुन चेल्सीलाई एक अंकमात्रै चाहिएको थियो। तर जितसँगै ३ अंक जोडेको चेल्सीले ६६ अंकसहित चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाएको हो।
चेल्सीको जितमा मोसन माउन्ट र ओलिभर गिराउडले गोल गरेका थिए। दुबै गोल पहिलो हाफको इन्जुरी समयमा भएको थियो।
3
Shares

प्रतिक्रिया