खेल


९९ अंकसहित लिभरपुलले गर्‍यो लिगको अन्त्य, अन्तिम खेलमा जित

९९ अंकसहित लिभरपुलले गर्‍यो लिगको अन्त्य, अन्तिम खेलमा जित

नेपालखबर
साउन ११, २०७७ आइतबार १७:४,

अन्तिम खेलमा जित निकाल्दै ९९ अंकसहित च्याम्पियन लिभरपुलले यस सिजनको प्रिमियर लिगको अन्त्य गरेको छ। 

आइतबार राति भएको अन्तिम खेलमा न्यूक्साललाई ३-१ ले हराउँदै लिभरपुलले यस सिजनको अन्त्य गरेको हो। 

न्यूक्सालले पहिलो मिनेटमा अविश्वसनीय अग्रता बनाएको थियो। उसका डुविट गेलले खेल सुरु भएको पहिलो मिनेटमै लिभरपुलविरुद्ध अग्रता दिलाएका थिए। 

३८औं मिनेटमा भर्गिल भान डाइकले हेडर गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। ५९औं मिनेटमा डिभोक ओर्गीले लिभरपुलका लागि दोस्रो गोल गरे। 

८९ मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुल ३-१ ले विजयी रह्यो। लिभरपुलले यसअघि नै उपाधि उचालिसकेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad