खेल


बार्सिलोनामा मेस्सीले साथ पाएनन्: डानी अल्भेस

बार्सिलोनामा मेस्सीले साथ पाएनन्: डानी अल्भेस

नेपालखबर
साउन ४, २०७७ आइतबार ०:४०,

बार्सिलोनाका पूर्व खेलाडी डानी अल्भेसले लियोनल मेस्सीले क्लबमा अन्यको साथ नपाएका कारण निराश रहेको बताएका छन।

बार्सिलोना ओसासुनासँग पराजित भएसँगै रियल मड्रिडले उपाधि उचालेपछि अल्भेसले मेस्सीको पक्षमा बोलेका हुन।

'उनी जित्नका लागि जन्मेका हुन। उनी लामो समयदेखि जित्दै पनि आइरहेका छन। तर साथको अभावमा उनले हरेक पटक जित्न सक्दैनन,' अल्भेसले भने।

अल्भेसले ला लिगाको उपाधि गुमाएर मेस्सी निराश भएपनि बार्सिलोना भने छोडी नहाल्ने बताए। उनी क्लबको अनुहार भएको भन्दै अल्भेसले मेस्सीलाई गुमाए त्यो क्लबको ठूलो गल्ती हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad