विश्वकप छनोट २०२२ को छनोट खेलका लागि नेपाल आउने टोलीले अभ्यासका लागि भद्रकालीस्थित नेपाल आर्मीको मैदान प्रयोग गर्न पाउने भएका छन्।
अन्तर्राष्ट्रिय मापदण्ड पुर्याएको सो मैदानमा आवश्यक संरचना निर्माणका लागि अखिल नेपाल फुटबल संघ एन्फाले १५ लाख रुपैयाँ खर्च गरेको छ।
एन्फाले भद्रकालीस्थित मैदानको भीभीआईपी प्यारापिटमुनि रहेको २ वटा खेलाडीहरुको चेन्जिङ रुम, रेफ्रिहरुको लागि कोठा र मैदानको लेभल मिलाउने काम सम्पन्न गरेर शुक्रबार आर्मी हेडक्वार्टरलाई हस्तान्तरण गरेको छ।
सो संरचना एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापति पुर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन्। सम्झौतापत्रमा प्रधानसेनापति थापा र एन्फा अध्यक्ष शेर्पाले हस्ताक्षर गरे।
सम्झौताअनुसार आर्मीले विश्वकप छनोटका खेलका लागि नेपाल आएका खेलाडीहरुले अभ्यासका लागि आर्मी हेडक्वार्टर भद्रकालीस्थित मैदान उपलब्ध गराउने भएको हो।

प्रतिक्रिया