भारत प्रशासित कस्मिरमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक गोर्खा सैनिकको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमहरुले कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले गोलाबारी गरेको जनाएको छ। बिहीबार राति भएको सो गोलाबारीमा सम्बर गुरुङको निधन भएको भारतीय सेनाले जनाएको छ।
उनको स्थायी ठेगाना गुल्मी भएको बताइएको छ। गोलाबारीमा घाइते भएका गुरुङको अस्पताल पु¥याउनुअघि नै मृत्यु भएको बताइएको छ ।
पछिल्लो समयमा भारत र पाकिस्तानबीच नियन्त्रण रेखा क्षेत्रमा तनाव बढ्दै गएको छ। भारत र पाकिस्तान एकले अर्कोमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लगाउने गरेका छन्।

प्रतिक्रिया