ad ad

खेल


विश्व विजेता बन्न इंग्ल्याण्डलाई २ सय ४२ रनको लक्ष्य

विश्व विजेता बन्न इंग्ल्याण्डलाई २ सय ४२ रनको लक्ष्य

नेपालखबर
असार २९, २०७६ आइतबार १३:४४,

लर्डस क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो। 

न्यूजिल्याण्डका हेनरी निकोलसले ५५, टोम लाथनले ४७, केन विलियम्सनले ३० तथा मार्टिन गुप्टिलले १९ रन जोडे। 

यी दुबै टोलीले यसअघि विश्वकप जित्न सकेका छैनन्। इंगल्यान्ड २७ वर्षपछि फाइनलमा पुगेको हो। उसको यो चौथो फाइनल हो। यसअघि तीनपटक फाइनल खेलेपछि इंगल्यान्डले उपाधि भने जित्न सकेको थिएन्।

यसपटक आयोजकका नाताले उसलाई उपाधि दाबेदार मानिएको छ। सेमिफाइनलमा साविकको विजेता अस्ट्रेलियामाथि ८ विकेटको सानदार जित निकाल्दै इंगल्यान्ड फाइनलमा पुगेको हो।

न्युजिल्यान्डले उपाधिको मुख्य दाबेदार मानिएको भारतलाई रोमाञ्चक पहिलो सेमिफाइनलमा १८ रनले पराजित गर्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। यसअघि २०१५ को विश्वकपमा छिमेकी देश अष्ट्रेलियासँग पराजित हुँदै न्युजिल्यान्ड उपाधिबाट टाढिएको थियो।

विश्वकपमा न्यूजिल्याण्ड र भारत अहिलेसम्म ९ खेलमा भिडेका छन्। जसमा ५ खेल न्यूजिल्याण्डले र ४ खेल इंग्ल्याण्डले जितेको छ।

लर्डस मैदानमा पाँचौपटक विश्वकपको फाइनल हुन लागेको हो। तर, इंग्ल्याण्ड र न्यूजिल्याण्ड पहिलोपटक विश्वकपको फाइनलमा आमने सामने हुँदैछन्।

लर्डस मैदानमा अहिलेसम्म इंग्ल्याण्डले न्यूजिल्याण्डलाई पराजित गर्न सकेको छैन्। लर्डस मैदानमा अहिलेसम्म यी दुई टोलीहरु दुई पटक भिडेका छन् र दुबैपटक घरेलु टोली इंग्ल्याण्डलाई न्यूजिल्याण्डले स्तब्ध पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .