ad ad

समाज


बाढी पहिरोबाट १० हजार ३८५ परिवार विस्थापित

बाढी पहिरोबाट १० हजार ३८५ परिवार विस्थापित

नेपालखबर
असार २९, २०७६ आइतबार १३:२८,

लगातारको वर्षा पछि देशभर भएको बाढी, डुबान तथा पहिरोबाट १० हजार ३ सय ८५ परिवार विस्थापित भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार अपरान्हसम्म सो घटनामा परी ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ। त्यसैगरी ३१ जना वेपत्ता भएको, २८ जना घाइते भएको र १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको मन्त्रीपरिषद बैठकको निर्णयमा उल्लेख गरिएको छ।

सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो। बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरे पछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय पनि गरेको छ। सरकारले पीडितहरुको राहत, उद्दार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेको छ।

त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, संचारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ।

मन्त्री बास्कोटाले सो घटनापछि स्वतहस्र्फूत रुपमा उद्दार, राहत तथा उपचारमा खटने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई पनि धन्यवाद दिइएको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .