रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बायर्न म्युनिखले लगातार आठौंपटक जर्मन बुन्डेसलिगाको उपाधि प्राप्त गरेको छ।
मंगलबार राति भएको खेलमा २ खेलअगावै डिफेन्डिङ च्याम्पियन्ससमेत रहेको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १–० ले पराजित गर्दै उपाधि उचालेको हो।
जितसँगै बायर्नले ३२ खेलबाट ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो। दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलमा ६६ अंक छ। डर्टमुन्डको ३ खेल बाँकी रहँदा बायर्नले १० अंकले अग्रता बनाएपछि उपाधि जोगाएको हो।
पराजित ब्रेमेन ३२ खेलबाट २८ अंक जोड्दै रेलिगेसन जोनमै छ। म्युनिखका लागि पहिलो हाफको ४३औं मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो। खेलको ७९औं मिनेटमा अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि बायर्न १० खेलाडीमा सीमित बनेको थियो।
प्रतिक्रिया