खेल


महामारीले रोकिएपछि फर्किएको ला लिगामा मेस्सीको उत्कृष्ट प्रदर्शन

महामारीले रोकिएपछि फर्किएको ला लिगामा मेस्सीको उत्कृष्ट प्रदर्शन

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ३:२१,

कोरोना महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल फर्किदा बार्सिलोनाले आफ्नो पहिलो खेलमा मालोर्कामाथि ४-० को सहज जित निकालेको छ। 

खेल सुरु भएको ६६ सेकेन्डमा नै पहिलो गोल गरेको बार्सिलोनाका लागि लियोनल मेस्सीले इञ्जुरी समयमा अन्तिम गोल गरेका थिए। गोलसहित मेस्सीले दुई गोलमा सहायकको भुमिका पनि निभाए।

दोस्रो मिनेटमा नै आर्टुरो भिडालले हेडिङ गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

३७औं मिनेटमा मेसीको हेडिङ पारसमा मार्टिन ब्रेथाइटलेले डी बक्सभित्रबाट बार्सिलोनाका लागि दोस्रो गोल गरे।

७९ मिनेटमा मेस्सीको पासमा नै जोर्डी अल्बाले बार्सीलोनाका लागि तेस्रो गोल गरे। 

इञ्जुरी समयको तेस्रो मिनेटमा सुआरेजको पासमा मेस्सीले बक्सको मध्यबाट गरेको प्रहारले जाली चुमेपछि बार्सिलोनाले ४-० को जित हात पार्यो।

चोटका कारण गत जनवरीदेखि मैदानबाहिर रहेका लुइस सुआरेज यसै खेलबाट लामो समयपछि मैदान फर्किएका हुन्। 

यो सिजनमा मेस्सीको यो २०औं लिग गोल हो। 

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडभन्दा ५ अंकको अग्रता बनाएको छ।

आइतबार इबरको सामना गर्दा रियलले बार्सिलोनासँग अग्रता घटाउने लक्ष्य राख्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad