समाज


सरकारले मिलायाे असार १ देखि रेडियो र टीभीबाट पढ्न‍े व्यवस्था, यस्ताे छ तालिका

सरकारले मिलायाे असार १ देखि रेडियो र टीभीबाट पढ्न‍े व्यवस्था, यस्ताे छ तालिका

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ३:५९,

सरकारले लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर श्रव्य-दृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाएको छ।

लकडाउनका कारण स्कुल जान नपाएका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएकाे हाे। 

त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका (अन्तिममा राखिएको छ) समेत सार्वजनिक गरेकाे छ। 

जसअनुसार असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुनेछ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

कोरोना महामारीका कारण तत्काल विद्यालय खुल्ने अवस्था नदेखिएपछि सरकारले विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्देश्यले घरमै बसेर पढ्ने व्यवस्था मिलाएको हो।

List 1 scaledList 2 1415x2048List 3 scaled

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad