ad ad

खेल


आईसीसीले परिवर्तन गर्‍यो टेस्ट क्रिकेटका नियम : बलमा थुक लगाए ५ रन पेनाल्टी !

आईसीसीले परिवर्तन गर्‍यो टेस्ट क्रिकेटका नियम : बलमा थुक लगाए ५ रन पेनाल्टी !

नेपालखबर
जेठ २८, २०७७ बुधबार ७:३७,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै केही नियमहरुमा परिवर्तन गरेको छ। परिवर्तित नियम टेष्ट क्रिकेटमा मात्र लागू हुने आईसीसीले स्पष्ट पारेको छ।

अनिल कुम्ब्ले नेतृत्वको आईसीसीको मुख्य कार्यकारी समिति (सीईसी)को सिफारिसलाई आईसीसीले अनुमोदन गरेको हो।

आईसीसीको परिवर्तित नियमअनुसार अब बलरले बलमा थुक प्रयोग गर्न पाउनेछैनन्। कुनै खेलाडीले थुक प्रयोग गरेमा अम्पायरले दुई पटकसम्म चेतावनी दिनेछन्। सो चेतावनी नमानेको खण्डमा ५ रन पेनाल्टी लाग्ने आईसीसीले जनाएको छ।

खेलको क्रममा कुनै खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको उसको विकल्पमा अर्को खेलाडीलाई खेलाउन अनुमति दिने भएको छ। यद्यपि यसबारेमा भने म्याच रेफ्रीलाई जानकारी दिनुपर्नेछ। म्याच रेफ्रीको अनुमतिपछि मात्र अर्को खेलाडीले खेल्न पाउनेछ।

अहिलेको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सिरिज स्थानीय अम्पायर र म्याच रेफ्रीले पनि खेलाउन सक्ने आईसीसीले निर्णय गरेको छ। अबको १ वर्षको लागि टेष्ट क्रिकेटको टिसर्ट र स्विटरमा ३२ स्क्वायर इन्च लोगो प्रयोग गर्न दिने आईसीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .