खेल


यसपालि विश्वकपमा कसले जित्ला गोल्डेन बुट?

यसपालि विश्वकपमा कसले जित्ला गोल्डेन बुट?

फ्लोरा स्नेल्सेन
जेठ २२, २०८३ शुक्रबार ७:३७, काठमाडौँ

सन् २०२२ को विश्वकप समाप्तिमा गोल्डेन बुट उर्फ सुनको जुत्ता जित्दा फ्रान्सका किलियन एम्बाप्पे हाँस्न पनि सकेनन्। 

किन कि फ्रान्स फाइनलमा हारेको थियो, उनको ह्याट्रिकका बाबजुद। 

त्यसो त गोलले मात्रै पुरस्कारको सुनिश्चितता गर्दैन। तर उनले आफ्नो टोलीका लागि अवसर दिलाएकै थिए। 

भयो, छोडौँ, ती पुराना कुरा। विश्वकप फुटबलको महाकुम्भ केही दिन मात्रै टाढा छ, यसपालि कसले धेरै गोल गर्दै जित्ला त सुनको जुत्ता? 

यसको उत्तर खोज्दा ह्यारी केनका लागि त्यति शुभ लाग्दैन। किन? इतिहासले भन्छ– ३० वर्ष या त्यसमाथिको उमेरका खेलाडी यसको लायक नै छैन। 

त्यसो त एकचोटि त्यस्तो पनि नभएको भने होइन। डेभर सकरले फ्रान्समा ३० वर्षकै उमेरमा ६ गोल गरेका थिए। स्वतन्त्रताप्राप्तिको आफ्नो पहिलो विश्वकपमा क्रोएसिया तेस्रो भएको थियो। 

सकर नियमका अपवाद रहेका छन्। औसतमा भन्ने हो भने २४.७ वर्षकाले नै सुनको जुत्ता जितेका छन्। सन् २०२२ मा एम्बाप्पेले औसत उमेरलाई थोरै नघटाएका भने होइनन्। २४ वर्षका उनले ३५ वर्षका लियोनल मेसीलाई १ गोल मात्रैले उछिने। 

यसपालि के होला? 
यसपालिको विश्व स्पर्धामा सबैभन्दा युवा उमेरले जित्यो भने यसको फाइदा १८ वर्षे लमिन यमालले दाबी गर्न सक्छन्। उनलाई यो उपाधिका लागि देख्ने धेरै छन्। सन् १९६२ मा चिलीमा २० वर्ष ८ महिनाका हंगेरियाली फ्लोरियन अल्बर्ट ६ संयुक्त यसका विजेतामध्ये एक थिए। 

त्यसो त एउटा सफल अग्रपंक्तिका आक्रामकलाई दुई कुरा चाहिन्छ– एउटा असाध्यै राम्रो सप्लाई लाइन र अर्को उनीहरुको टोलीका लागि प्रतियोगितामा राम्रो नतिजा। यो त्यति आश्चर्यलाग्दो कुरा पनि होइन, पाँचचोटिको विश्वविजेताले ६ जना असाध्यै आक्रामक खेलाडी उपलब्ध गराएको छ। 

उनीहरुको सन् १९३८ को सुनको जुत्ता जित्ने खोलाडी लियोनिडास थिए र पछिल्लोपटक यस्तो खेलाडी सन् २००२ मा रोनाल्डो थिए। 

सुनको जुत्ता जित्न आशा गरिएकाका लागि समूह चरणको राम्रो खेललाई मानिन्छ। तर यदि नकआउट तहमा सक्दैन भने त्यो नै सबैभन्दा बढी बेफाइदा हुनसक्छ। 

रुसमा सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोको भाग्य यही थियो। उनले ग्रुप बीमा ४ गोल गरे तर अन्तिम १६ बाटै विदा हुनुपर्‍यो। जब कि सेमिफाइनलसम्म इंग्ल्यान्डका ह्यारी केनले ६ गोल गरे। 

यसमा पनि अपवाद भने नभएको होइन। १९९४ मा अमेरिकामा ओलेग सालेन्को यस्तै भए। ग्रुप बीबाट रुस अगाडि जान असफल भएपछि त्यतिबेला उनलाई समयले साथ दिएको थियो। किन कि क्यामरुनलाई ६–१ ले पराजित गर्दा उनले ५ गोल ठोकेका थिए। र उनको समग्रमा भएको ६ गोलले नै उनलाई सुनको जुत्ता दिलाइदियो। 

अर्को उदाहरण पनि छ। थोमस मुलरले देशका लागि सन् २०१० को विश्वकपसम्म कहिल्यै गोल गरेका थिएनन्। 

‘सामान्यतया म भाग्यमानी भएँ, ठीक समयमा हानेँ’, सुनको जुत्ता जितेपछि उनले भने।

२००९–१० मा बुन्डेसलिगा सिजनमा मुलरले आफूलाई ऋणमा अर्कैमा पठाउने वा सम्भवतः बायर्न म्युनिखबाट बेचिने सोचेका थिए। यद्यपि लुइ भान गालले उनलाई नियमित खेलाडी बनाइदिए। 

मुलरले १३ गोल हाने र ११ गोलका लागि मुख्य सहयोग गरे। यो बार्यनको लिग जित्ने अभियानको खेल थियो। त्यसपछि उनी विश्वकपमा उत्कृष्ट फर्मसहित सहभागी भएका थिए।

उनको कथा अरु सुनको जुत्ता जित्नेहरुसँग मिल्दोजुल्दो छ। किनभने एउटा क्लबबाट आएर विश्वकपको शीर्ष गोलकर्ता बनेको उदाहरण दुईपटक मात्रै छ। 

२०१० मा यस्तो पुरस्कार जित्नेमा मुलरले धेरै अनुभवी खेलाडीलाई पनि पछि पारिदिएका थिए। त्यतिबेला २० वर्षे मुलर र उरुग्वेका डिएगो फोर्लानले तेस्रो स्थानका लागि गोल गरेका थिए। जोहानेसबर्गमा भएको फाइनलमा सुनको जुत्ता जित्ने अवसर ५ गोल गरिसकेका स्पेनका डेभिड भिल्ला र डच खेलाडी स्नाइडरलाई थियो। दुवैले मैदानको जाली चुम्न पाएनन्। आफ्नै स्थानका लागि उनीहरुले गरेको गोल सहयोगको साथ लिनुपरेको थियो। 

जब कि मुलरलाई तीनवटा निर्णायक खेलको फाइदा भयो। 

यदि खेलाडीहरु गोल र गोलका लागि सहयोगमा बराबरीमा आए के होला? यस्तोमा फिफाले सबैभन्दा कम मिनेट खेल्नेलाई सुनको जुत्ता दिन्छ। 

त्यसो भए यसपालि यसका सम्भावित हकदार को होलान् त? 
अहिलेसम्म कसैले पनि दोहोर्‍याएर सुनको जुत्ता जितेका छैनन्। तर दुई जना यस्ता छन्, जोसँग यस्तो अवसर छ। 

एम्बाप्पेले विश्वकपमा पुग्नका लागि भएको खेलमा ४ गोल गरेका थिए। उनको टोली फ्रान्सलाई २०२२ को फाइनलमा पुगेको कारण यसपालि पनि अन्तिम चरणसम्म पुग्न सक्ने टोलीका रुपमा हेरिएको छ। 

यस्तोमा अर्का खेलाडीका रुपमा ह्यारी केनलाई मानिएको छ। ३२ वर्षका उनी औसत विजेताका तुलनामा बढी उमेरका छन्। तर यो सिजनमा क्लबमा गरेको ५४ गोलका कारण उनलाई नकार्न सकिन्न। यदि टुचेलको टोली अगाडि बढ्न सक्यो भने केनलाई यसको हकदार मान्न सकिन्छ। 

अर्का खेलाडीमा मेसीको नाम छ। मेसीले फुटबलमा सबै पाइसके, बाहेक विश्वकपको सुनको जुत्ता। ८ चोटिका ब्यालन डीओरका यी विजेतालाई ३८ वर्षको उमेरमा यो अवसर प्राप्त भएको छ। 

विश्वकपको फाइनलको हप्ताअघि मात्रै लमिन यमाल १९ लाग्दै छन्। सन् २०१० मा जितेयता स्पेनले अन्तिम १६ पार गर्न सकेको छैन। तर लुइ डी ला फुएन्टेका खेलाडीले त्यसलाई पार गर्ने लक्षण २०२४ को युरोमै देखाइसकेका छन्। विश्वकपमा योग्य हुने खेलहरुमा पनि यसलाई देखिसकिएकै छ। 

यसका सम्भावित हकदारमा नर्वेका अर्लिङ हाल्यान्ड पनि छन्। उनले क्लब खेलमा २६ लिग गोल गरिसकेका छन् म्यानचेस्टर सिटीबाट। तर विश्वकपमा नर्वे कति अगाडि जान सक्छ त्यसैले देखाउनेछ। उनले ८ क्वालिफाई खेलमा १६ गोल गरेका थिए। 

अर्का खेलाडीमा क्रिस्टियानो रोनाल्डो पनि छन्। उनले चार फरक क्लबका लागि सय धेरै गोल गरेका छन्। अहिले साउदी अरेबियामा पनि सफल छन्। ४१ वर्षको उमेरमा उनी पनि यसका लोभी हुनसक्छन्।

उक्तबाहेक फ्रान्सका असमेन डेम्बेले, अर्जेन्टिनाका मेसीबाहेक लाउतारो मार्टिनेज र जुलियन अल्भारेजलाई पनि उनीहरुको खेल प्रस्तुतिले यसको हकदार बनाएकै छ। 

अरु पनि छन्?
अरु अनुमानयोग्य हकदारमा स्पेनकै मिकेल ओयार्जबल, स्विडेनका अलेक्जन्डर इसाक र भिक्टर ग्योकर छन्।

यसमा ब्राजिलका आक्रामक खेलाडी राफिन्हा र इगोर दियागोलाई पनि लिन सकिन्छ। बायर्नमा २२ गोल गरिसकेका माइकेल अलिसलाई पनि यसको सम्भावित हकदारको सूचीबाट भने निकाल्न मिल्दैन।

त्यस्तै बेल्जियमका रोमेलु लुकाकुलाई चाहिँ यसबाट बिर्सिन मिल्छ त? बीबीसीबाट भावानुदित  

थप स्टोरी पढ्नुहोस्–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad