एसियन गेम्स क्लालिफायरअन्तर्गत बिहीबार भइरहेको खेलमा कुशल भुर्तेलले मलेसियाविरुद्ध शतक प्रहार गरेका छन्।
आक्रामक ब्याटिङ गरेका उनले ४४ बलमा १०० रन बनाएका हुन्। उनले १० चौका र ७ छक्का मद्दतमा शतक प्रहार गरे।
१५औँ ओभर चलिरहँदा नेपालले २ विकेट गुमाएर २ सय रन पनि पूरा गरेको छ।
यो शतकसँगै भुर्तेल टी२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्। उनले २२ सय १५ रन बनाइसकेका छन्।
75
Shares

प्रतिक्रिया