खेल


फुटबल विश्वकपका ‘मिस्टर भिक्ट्री’ क्लोज, मेसीले खोस्न सक्छन् उनको कीर्तिमान

फुटबल विश्वकपका ‘मिस्टर भिक्ट्री’ क्लोज, मेसीले खोस्न सक्छन् उनको कीर्तिमान

नेपालखबर
जेठ ११, २०८३ सोमबार १३:३३, काठमाडौँ

विश्वकप आउन १७ दिन मात्र बाँकी छ। फुटबल पारखीहरु अहिले फिफा विश्वकपको पर्खाइमा छन्। सहभागी देशहरु टोलीलाई अन्तिम रुपमा दिन व्यस्त छन्। 

फुटबलको सर्वाधिक महत्त्वको प्रतिस्पर्धा नै विश्वकपमा हुने भएकाले यसपालि अमेरिका–मेक्सिको–क्यानडामा हुनलागेको फुटबलको व्यग्र प्रतीक्षा गरिँदै छ। हरेक विश्वकपमा खेलाडीहरुले गर्ने धेरै गोलदेखि हरेक खेलमा हुने हारजितले फुटबल दुनियाँमा छुट्टै उमंग छर्ने गर्छ। 

यस्तोमा एक जना खेलाडी छन्, जसले विश्वकप इतिहासमै धेरै जित आफ्नो नाममा गरेका छन्। ती खेलाडी हुन् जर्मनीका मिरोस्लाभ क्लोज। विश्वकप फुटबलको इतिहासमै सबैभन्दा धेरै जित आफ्नो नाममा पार्ने उनी एक्ला खेलाडी हुन्। 

उनले १७ जित दर्ता गरेको फिफाले जनाएको छ। यसपालि उनको कीर्तिमान खोसिने सम्भावना छ। उनलाई पछ्याउने दुई खेलाडी छन्– ब्राजिलका फुलब्याक काफु र अर्जेन्टिनी स्टार लियोनल मेसी। दुवैले १६ जित आफ्नो नाममा गर्न सफल भएका छन्। 

यसपालि मेसीले त्यो कीर्तिमान आफ्नो बनाउन सक्ने सम्भावना प्रबल छ। 

सन् २००२ मा दक्षिण कोरिया र जापानमा, सन् २००६ मा जर्मनीमा र २०१० मा साउथ अफ्रिकामा समान १ जितमा तथा २०१४ मा ब्राजिलमा थप २ जितमा उनले खेलेका थिए। यिनै विश्वकपबाट उनको नाममा १७ जितको कीर्तिमान बनेको छ।

यसले उनलाई चारवटा विश्वकप मेडल जित्ने एक मात्र खेलाडी समेत बनाइदिएको छ। जसमा एक स्वर्ण, एक रजत र दुईवटा कांस्य पदक छन्। 

उनी विश्वकप इतिहासमा १६ गोल गर्ने टप स्कोरर पनि छन्। उनीपछि ब्राजिलका रोनाल्डोको नाममा १५ गोल, पश्चिम जर्मनीका गर्ड मुलरको नाममा १४ गोल छ। अहिलेसम्म पनि विश्वकप खेलिरहेका मेसीले १३ गोल र फ्रान्सका किलियन एम्बाप्पेले १२ गोलसहित उनलाई पछ्याएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad