खेल


तीन देशका यी ४८ स्थानमा हुँदै छ विश्वकप टोलीको तयारी

तीन देशका यी ४८ स्थानमा हुँदै छ विश्वकप टोलीको तयारी

लक्ष्मी जि.सी
जेठ १४, २०८३ बिहिबार ९:२६, काठमाडौँ

फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ को तयारी स्थललाई विश्व फुटबल महासंघ (फिफा)ले अन्तिम रुप दिएको छ।

सहभागी हुने ४८ टोलीलाई प्रशिक्षणका लागि टिम बेस क्याम्प (टीबीसी) छनोट गरेको हो।

यसअनुसार प्रत्येक टोलीलाई विश्वस्तरीय प्रशिक्षण दिन आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोका ४८ स्थानमा प्रशिक्षण स्थल छनोट गरिएको छ। जहाँ खेलाडीहरुले घरबाट टाढा रहेर प्रशिक्षक, खेलाडी र कर्मचारीसँग विश्वकपको महत्वपूर्ण समय बिताउनेछन्। 

फिफा विश्वकप २०२६ का प्रमुख सञ्चालन अधिकृत हेइमो शिर्गिले भने, ‘यी बेस क्याम्पहरु फिफा विश्वकप सरंचनाको अभिन्न अंग हुन्।’ 

फिफाका अनुसार विश्वकपमा सहभागी सात टोली कोलम्बिया, आइआर इरान, कोरिया, मेक्सिको, दक्षिण अफ्रिका, ट्युनिसिया र उरुग्वेले मेक्सिकोमा प्रशिक्षण गर्नेछन्। क्यानडा र पानामाले क्यानडामा नै प्रशिक्षण गर्नेछन् भने बाँकी ३९ टोलीले अमेरिकामा प्रशिक्षण गर्नेछन्। 

अल्जेरियाले कान्सास सहरको कान्सास विश्वविद्यालयमा प्रशिक्षण गर्नेछ। अर्जेन्टिनाले कान्सास सिटीको स्पोर्टिङ केसी प्रशिक्षण केन्द्र, अष्ट्रेलियाले सान फ्रान्सिस्को खाडी क्षेत्रको ओकल्याण्ड रूट्स÷सोल ट्रेनिङ सुविधामा, अस्ट्रियाले गोलेटाको यूसी सान्ता बारबरा–हार्डर स्टेडियम, बेल्जियमले रेन्टनको सियाटल साउन्डर्स एफसी प्रदर्शन केन्द्र र क्लबहाउस, बोस्निया र हर्जगोभिनाले स्यान्डीस्थित आरएसएल स्टेडियम, ब्राजिलले न्यूयोर्क न्यू जर्सीको कोलम्बिया पार्कमा प्रशिक्षण गर्नेछ। 

काबो भर्डेले टाम्पाको वाटर्स स्पोट्र्सप्लेक्स, क्यानडाले भ्यानकुभर राष्ट्रिय फुटबल विकास केन्द्रमा, कोलम्बियाले ग्वाडालाजाराको एकेडेमिया एटलस एफसी, कंगो डीआरले ह्युस्टनस्थित ह्युस्टन प्रशिक्षण केन्द्र, कोट डी’आइवरले फिलाडेल्फियाको फिलाडेल्फिया युनियन, क्रोएसियाले अलेक्जान्ड्रिया एपिस्कोपल हाई स्कूल, कुरकाओले बोका रटनस्थित फ्लोरिडा एट्लान्टिक विश्वविद्यालय, चेकियाले डलासको म्यान्सफिल्ड बहुउद्देश्यीय रंगशाला, इक्वेडरले कोलम्बसको कोलम्बस क्रू प्रदर्शन केन्द्रमा प्रशिक्षण गर्नेछन्। 

यस्तै इंग्ल्यान्डले कान्सास सिटीको स्वोप सकर भिलेजमा, इजिप्टले स्पोकेनको गोन्जागा विश्वविद्यालयमा, फ्रान्सले बोस्टनस्थित बेन्टली विश्वविद्यालयm जर्मनीले विन्स्टन–सलेमको वेक फरेस्ट विश्वविद्यालय, घानाले बोस्टनको ब्रायन्ट विश्वविद्यालय, हाइइटीले  न्यूयोर्क न्यू जर्सीको स्टकटन विश्वविद्यालयमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ। 

इरानले  तिजुआनाको सेन्टर जोलोइट्जकुइन्टल, इराकले ग्रीनबियर काउन्टीको द ग्रीनबियर स्पोट्र्स पर्फर्मेन्स सेन्टरमा, जापानले न्याशभिलको न्याशभिल एससी, जोर्डनले पोर्टल्याण्डको पोर्टल्याण्ड विश्वविद्यालय, कोरियाले ग्वाडालाजाराको  चिभास भर्डे भ्यालेमा, मेक्सिकोले मेक्सिको सिटीको सेन्टर डे अल्टो रेन्डिमिएन्टो, मोरक्कोले न्यूयोर्क न्यू जर्सीको द पिंग्री स्कूलमा, नेदरल्याण्ड्सले कान्सास सिटीकोको केसी करेन्ट प्रशिक्षण फ्यासिलिटीमा न्यूजील्याण्डले सान डिएगोको सान डिएगो विश्वविद्यालय – टोरेरो स्टेडियममा नर्वेले ग्रिन्सबोरोको युएनसी ग्रिन्सबोरो, पनामाले न्यू टेकुमसेथको नोटावासागा प्रशिक्षण स्थलमा, पराग्वेले सान फ्रान्सिस्को खाडी क्षेत्रको स्पार्टन फुटबल कम्प्लेक्समा, पोर्चुगलले पाम बीच गार्डेनको गार्डेन्स नर्थ काउन्टी डिस्ट्रिक्ट पार्कमा प्रशिक्षण गर्नेछ। 

कतारले सान्ता बारबराको वेस्टमोन्ट कलेजमा, साउदी अरेबियाले अस्टिनस्थित अस्टिन एफसी स्टेडियममा, स्कटल्यान्डले शार्लोटको शार्लोट एफसीमा, सेनेगलले न्यूयोर्क न्यू जर्सीको रटगर्स विश्वविद्यालयमा, दक्षिण अफ्रिकाले पचुकाको सीएफ पचुका– युनिभर्सिडाड डेल फुटबलमा, स्पेनले चटानूगाको बेलर स्कूलमा, स्विडेनले डलासस्थित एफसी डलास स्टेडियममा स्विट्जरल्यान्डले सान डिएगोको एसडीजेए, ट्युनिसियाले मोन्टेरीस्थित रायडोस प्रशिक्षण केन्द्रमा, टर्कीले मेसाको एरिजोना एथलेटिक मैदानमा, संयुक्त राज्य अमेरिकाले इरभिनस्थित ग्रेट पार्क स्पोट्र्स कम्प्लेक्समा, उरुग्वेले क्यानकुनको मायाकोबा प्रशिक्षण केन्द्र क्यानकुनमा तथा उज्बेकिस्तानले एटलान्टास्थित एटलान्टा युनाइटेड प्रशिक्षण केन्द्रमा प्रशिक्षण गर्नेछन्।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad