खेल


सन् २०१० मा ‘वाका वाका’ गीत ल्याएकी शाकिराले ल्याइन् २०२६ को विश्वकप एन्थम ‘दाइ दाइ’

सन् २०१० मा ‘वाका वाका’ गीत ल्याएकी शाकिराले ल्याइन् २०२६ को विश्वकप एन्थम ‘दाइ दाइ’

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १३:७, काठमाडौँ

हरेक चार वर्षमा हुने फुटबलको महाकुम्भ विश्वकपमा एन्थम गीतको चर्चा हुँदै आएको छ।

विश्वकपमा संगीतले महत्त्वपूर्ण स्थान लिइसकेको छ। विश्वकपलाई जीवन्त बनाउन विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि विशेष काम गरिरहेको हुन्छ। विश्वकपको गीतहरुका वर्षौदेखि प्रशंसकहरुले आफ्नो विचार राख्दै आएका छन्।

विश्वकप गानका लागि सन् २०१० मा मापदण्ड बनाइएको थियो। दक्षिण अफ्रिकामा फिफा विश्वकपको गीत बजाइएको थियो, जुन अझै पनि निकै चर्चित छ। वाका वाका (दिस टाइम फर अफ्रिका)... कोलम्बियाली सुपरस्टार शाकिराले गाएको यो गितलाई धेरैले अहिलेसम्मको विश्वकपमध्यका उत्कृष्ट गीत मान्छन्।

यद्यपि त्यो उनको पहिलो विश्वकप गीत भने थिएन। किनकि उनले त्यसअघि सन् २००६ को विश्वकपका लागि हिप्स डोन्ट लाइ–बाम्बो रिमिक्स र २०१४ को ब्राजिल विश्वकपका लागि ला ला ला गाएकी थिइन्।

उनै साकिरा फेरि एक पटक विश्वकपको गीत लिएर फर्किदै छिन्। साकिराले बताएकी छिन् कि उनी फिफा विश्वकपका लागि अर्को गीत लिएर फर्किँदै छिन्, जुन विश्वकपका लागि उनको चौथो गीत हो। 

साकिराको यो घोषणासँगै उनका प्रशंसकहरु उत्साहित बनेका छन्। किनकी वाका वाका र ला ला लाको सफलतापछि शाकिराको अर्को गित सुन्न उनका प्रशंसकहरु उत्साहित थिए। 

साकिराले सामाजिक सञ्जालमार्फत नयाँ विश्वकप गीत ‘दाइ दाइ’ ल्याउन लागेको घोषणा गरेकी छिन्। यसमा बर्ना ब्वाय समावेश छन्। यो गीत अर्को बिहीबार मे १४, २०२६ मा रिलिज हुने तालिका छ। 

फिफाले यसअघि पनि २०२६ को विश्वकपका लागि ड्याडी यान्की र शेन्सियाको इको, लस एजुल्स र बेलिंडाको पोर एला र जेली रोल र क्यारिन लियोनको लाइटर गीत पनि सार्वजनिक गरेका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad