आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीका लागि राष्ट्रिय महिला क्रिकेट टोली बुधबार रुवान्डा प्रस्थान गर्दै छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम गर्दै च्यालेन्ज ट्रफीमा सहभागी हुने महिला टोलीलाई बिदाइ गरेको हो।
महिला टोलीले शनिबार अमेरिकासँग खेल्दै च्यालेन्ज ट्रफीको सुरुवात गर्नेछ। आइतबार इटालीसँग तथा बुधबार रुवान्डासँग खेल्ने तालिका छ।
भानुआटुसँग शुक्रबार तथा आइतबार अमेरिकासँग खेल्नेछ। २८ अप्रिलमा मंगलबार रुवान्डासँग ३० अप्रिलमा बुधबार भानुआटा, तथा अन्तिा खेलमा मे १ मा शुक्रबार इटालीसँग खेल्ने तालिका छ।
च्यालेन्ज ट्रफी आगामी अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुनेछ। च्यालेन्ज ट्रफीमा अमेरिकाबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपबाट इटाली, पूर्वी एसियाबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डाले प्रतिस्पर्धा गर्नेछन्।
च्यालेन्ज ट्रफी खेल्ने महिला टोलीः
इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), इन्दु रावल, सम्झना खड्का, रुवी पोडार, कविता जोशी, कविता कुवँर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, रुविना क्षेत्री, रचना चौधरी
Shares

प्रतिक्रिया